काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह अहिले सङ्घीय राजधानी काठमाडौँमा दौडधुपमा छन् । बिहीबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका शाहले शुक्रबार नेपाली कांग्रेसका सभापति गगन थापासँग भेटघाट गरे ।
मुख्यमन्त्री शाहले प्रदेशको राजधानीको विषय टुङ्ग्याउन आफू काठमाडौँमा शीर्ष नेताहरूलाई भेटिरहेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशसभाले कैलालीको गोदावरीमा राजधानी बनाउने निर्णय गरेको थियो । तर, रुख कटानलगायतको समस्याले त्यहाँ राजधानी सार्न नसकिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।
पछि नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादीबिच कैलालीको धनगढीमा बनाउने सहमति भए पनि पेस हुने बेलामा रोकिएकोले अहिले टुङ्ग्याउनका लागि नेताहरूसँग भेटघाट गरिरहेको मुख्यमन्त्री शाहको भनाइ थियो । सरकारका विषयमा कांग्रेस एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच मिलेर जाने प्रयास भइरहेको नेताहरूले बताएको शाहले जानकारी दिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्