|
२०८३ बैशाख २७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरू बिच एकताको आवश्यकता बढेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति सभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय रूपमा पनि कम्युनिस्ट आन्दोलन ठुलठुला बहस, विभाजन र एकता हुँदै अघि बढेको बताए ।
उनले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको बताए । उनले गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीति अन्तर्गत भएका खेलहरू अझै सतहमा आइनसकेको बताए । प्रचण्डले कम्युनिस्टहरूलाई सखाप पार्न देशी विदेशी लागिपरेको दाबी समेत गरे ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्