|
२०८३ बैशाख २५
काठमाण्डौँ । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–१९ स्थित ब्रम्हपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र गैसार सामुदायिक प्रहरी बिटबाट खटिएको टोलीले ब्रम्हपुरबाट ३८ वर्षीय चक्रबहादुर जिमीलाई शुक्रबार पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले २४ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
जिमीको साथबाट को ३९ पा ३१२३ नम्बरको मोटरसाइकल, १९ हजार ९ सय ८० रुपैयाँ नगद र एकथान मोबाइल पनि बरामद गरेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्