आज सुन तोलामा १ हजार ८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
बैशाख २४, २०८३

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ तोकेको छ।
चाँदीको भाउ पनि बिहीबार प्रतितोला १०० रुपैयाँ बढेर ५ हजार १ सय ५५ रुपैयाँ पुगेको छ।

गत बिहीबार सुनको भाउ २ लाख ९२ हजार ७ सय र चाँदीको भाउ ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

२४ वैशाख, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बिहीबार २ लाख ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ आज तोलामा १०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *