फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा २०८३ वैशाख २१ गते दुहबी,सुनसरीको दिनेश स्मृति भवनमा सम्पन्न भएको छ ।

उक्त साधारण सभा उद्घाटन गर्दै पुर्व मन्त्री भगवती चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आवद्ध भएका महिला दिदीबहिनीहरुको आर्थिक, सामाजिक तथा राजनैतिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिनु नै यस कार्यक्रमको सफलता भएको बताएका थिए ।

राज्यले कहिल्यै ऋण मिनाहा गर्न नसक्ने भएकाले गलत तत्वका पछि नलाग्न सुझाव दिएका थिए । आफुले लिएको कर्जालाई उत्पदान हुने क्षेत्रमा मात्र लगानी गर्न आग्रह गरेका थिए । लघुवित्तको सुधारका लागि सञ्चालक, कर्मचारी र ग्राहक सदस्य ३ वटै पक्ष इमानदार हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको थियो ।

सभाले संस्थापक समुहबाट र सर्वसाधारण समुहबाट सञ्चालकहरुको निर्वाचन प्रक्रियाबाट चयन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *