सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १७

काठमाण्डौँ । सोपन फर्मास्युटिकल्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहीबार बाँडफाँट भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३४ लाख ७४ हजार ९ सय कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो।

बाँडफाँट विवरणअनुसार कुल २७ लाख ६८ हजार ७४३ आवेदनमध्ये २७ लाख ३० हजार ९८७ आवेदन मात्र योग्य ठहरिएका छन्। योग्य आवेदकहरूले कुल २ करोड ९९ लाख ६ हजार ५२० कित्ताका लागि आवेदन दिएका थिए, जसले उच्च ओभरसब्स्क्रिप्सनको अवस्था देखाएको छ। यस्तै, ३७ हजार ७५६ आवेदन अयोग्य ठहर हुँदा ४ लाख ६० हजार ४३० कित्ता आवेदन रद्द गरिएको छ।

बाँडफाँट प्रक्रियाअनुसार न्यूनतम १० कित्ता मात्र वितरण गरिएको छ। कुल ३ लाख ४७ हजार ४९० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । अधिकतम पनि १० कित्ता नै बाँडफाँट गरिएको छ, जसका कारण अधिकांश योग्य आवेदक शेयर पाउनबाट वञ्चित भएका छन् ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । अत्यधिक आवेदन परेकाले गोलाप्रथामार्फत निष्पक्ष रूपमा बाँडफाँट गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *