जिल्ला अदालत मोरङले अझै ५० विचाराधीन मुद्दाको मिसिल भेटेन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १४

काठमाण्डौँ । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा आगजनी गरिएका विचाराधीन मुद्दाको अधिकांश मिसिल संकलन भएको छ । तर ५० वटा मिसिल अझै भेटिएको छैन ।

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीको समयमा अदालतमा रहेका १ हजार ४१ वटा विचाराधीन मुद्दाको मिसिल जलेका थिया । तीमध्ये विभिन्न स्रोतको सहयोगमा ९ सय ९१ मिसिल संकलन भइसकेका छन् ।

अदालतको आफ्नै अभिलेख जलेर नष्ट भएपछि कानुन व्यवसायी, सरकारी वकिलको कार्यालय र अन्य सरोकारवाला निकायहरूको सहयोगमा मिसिल संकलन गरेको हो । उनका अनुसार चालु अवस्थाका ५० वटा मुद्दाको मिसिल अझै प्राप्त भएको छैन ।

भदौ २४ सम्म फैसला भइसकेको तर फैसला लेख्न बाँकी रहेका ७८ वटा मिसिलमध्ये ७५ वटा प्राप्त भएको छ । फैसला लेख्न बाँकी ३ वटा मिसिलको विवरण अझै प्राप्त भएको छैन ।

न्यायाधीश भुषालका अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार थान मिसिलहरू जलेर नष्ट भएका थिए । तीमध्ये २ हजार ५ सय ४८ वटा मिसिल संकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *