काठमाण्डौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सहमति जुटेको विवरण सार्वजनिक भएका छन् ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वको समितिले दलको नेताको नाम सहमतिमा जुटाएको र सभापति गगनकुमार थापालाई बुझाएको बताइन्छ ।
केन्द्रीय कार्य सम्पादन समितिमा सभापति थापाले उक्त नाम प्रस्ताव गरी सर्वसम्मत पारीत गरिने बताइन्छ । तर, कसको नाममा सहमति जुटाएको भन्नेचाहिँ गोप्य राखिएको छ।
‘३८ सिटे दलमा सहमति जुटेको छ। नाम भन्न मिल्दै’, उच्च स्रोतले भन्यो । उक्त नाममा असहमति हुन सक्ने सम्भावना पनि रहेको छ।
कांग्रेस नेता पूर्णबहादुर खड्काले हस्तक्षेप असह्य हुने बताइसकेका छन् ।
‘नेपाली कांग्रेस संसदीय दलको नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाइ र अन्योल दलको सार्भभौम अधिकार माथिको ठाडो हस्तक्षेपको परिणाम हो । यो कार्य तत्काल बन्द गरियोस्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्