संसदीय दलको नेता छान्न कांग्रेसको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १४

काठमाण्डौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ । दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले आजै तीन वटा छुट्टाछुट्टै बैठकहरू बोलाएको हो ।

संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।

कार्यसम्पादन समितिको लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्दै छ ।

त्यस्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा पनि आजको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *