नेपाली राष्ट्रिय फुटबल टोलिका मिडफिल्डर कृतिसले भुटान प्रिमियर लिग खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३०

काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर कृतिस रत्न छुँजुले भुटान प्रिमियर लिग खेल्ने भएका छन् । सोमबार थिम्पु एफसीले कृतिसलाई भुटान प्रिमियर लिगको निम्ति अनुबन्ध गरेको जनाएको छ ।

टिममा अनुबन्धित भएपछि, मिडफिल्डर कृतिसले आफू टिमलाई उपाधि जिताउने लक्ष्यमा रहेको बताएका छन् ।

कृतिसले राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय फुटबलमा चार क्याप जितेका छन् । उनले गत जुनमा सम्पन्न एफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको पहिलो लेग खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

उनी सन् २०२२ मा भारतमा सम्पन्न साफ यू–२० च्याम्पियनसिप र बहराइनमा सम्पन्न एएफसी यू–२० एसिया कप क्वालिफयर्स खेलेको यू–२० टिमका समेत सदस्य हुन् । कृतिस व्यावसायिक खेलाडी पनि हुन् ।

उनले २०७६ मा न्युरोड टिम (एनआरटी) बाट शीर्ष डिभिजन लिगमा पाइला चालेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *