|
२०८२ चैत्र २३
भक्तपुर — ऐतिहासिक बिस्केट जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन यस वर्ष विशेष सुरक्षा व्यवस्था लागू गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालयको बैठकले जात्रामा अवाञ्छित गतिविधि गर्ने, ढुङ्गा हानाहान वा झैझगडा गर्नेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ। यस्ता व्यक्तिलाई हिरासतमा राखेर कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
सुरक्षाका लागि जात्रास्थल वरिपरि सिसी क्यामेरा जडान गर्नुका साथै ड्रोनमार्फत पनि निगरानी गरिनेछ। प्रहरीका अनुसार सम्पूर्ण गतिविधि नियन्त्रण कक्षबाट निरन्तर अनुगमन गरिनेछ।
त्यस्तै, जात्राको अवधिभर मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाइने भएको छ। आपतकालीन सेवाका लागि अस्पताल, एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिने जनाइएको छ।
यो वर्ष जात्रा चैत २७ देखि वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्