प्रि ओपन सेसनमा नेप्से साढे ३ अंकको गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २२

काठमाण्डौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे ३ अंक बढीले घटेको छ ।

सेसन अवधिमा नेप्से ३.६० अंकले घटेर २७७८.५८ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.५८ अंक घटेको छ ।

सेसनमा ७५ कम्पनीको कारोबार हुँदा २५ वटाको मूल्य बढ्दा ३७ वटाको मूल्य घटेको छ । यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनभर २८ हजार २ सय ३१ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड ५७ लाख ४२ हजार ५ सय ६९ रुपैयाँ ५० पैसाबराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *