|
चैत्र ३, २०८२
काठमाण्डौँ । मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय कायम भएको छ ।
सोमबार भने सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ सयले बढेको महासंघले जनाएको छ ।
त्यसैगरी, १० ग्राम सुनको मूल्य मंगलबार २ लाख ६५ हजार ६ सय ९० पुगेको छ भने सोमबार रु २ लाख ६५ हजार ३ सय ४५ कायम थियो ।
चाँदीतर्फ पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु ५ हजार ३ सय ३५ पुगेको छ भने सोमबार प्रतितोला ५ हजार २ सय ६५ रहेको थियो । यसअनुसार चाँदी प्रतितोला ७० ले वृद्धि भएको छ ।
१० ग्राम चाँदीको मूल्य मंगलबार ४ हजार ५ सय ७४ पुगेको छ भने सोमबार रु ४ हजार ५ सय १४ कायम थियो ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्