बुधबार फेरि २८ सयमुनि झर्‍यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २७

काठमाण्डौँ । बुधबार सेयर बजार ४६.७८ अंक घटेको छ । सो घटाइसँगै नेप्से परिसूचक २७९६ अंकमा झरेको छ । बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि निरन्तर ओरालोमा रह्यो ।

यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लागेर बढेको नेप्से २८७५ अंकमा पुगेको थियो । त्यसयताका दुई दिनमा बजार ७९ अंक घटेको छ ।

आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम ३८ प्रतिशतले घटेको छ । अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा आज १३ अर्ब १८ करोडमा खुम्चियो ।

व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशत घट्यो । दुई कम्पनी साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *