कर्णालीमा दिउँसो १ बजेसम्म ३०.७ प्रतिशत मत खस्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाण्डौँ । कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दिउँसो १ बजेसम्म औसत ३०.७ प्रतिशत मतदान भएको छ। प्रदेशभर रहेका ९४१ मतदानस्थलमार्फत मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशभर १० लाख ३७ हजार २५० मतदाता मध्ये हालसम्म ३ लाख १८ हजार ३०२ मत खसेका छन् । तीमध्ये १ लाख ६० हजार १५६ महिला र १ लाख ५८ हजार १४५ पुरुष मतदाता सहभागी भएका छन् ।

जिल्लागत रूपमा हेर्दा हुम्लामा सबैभन्दा बढी ४३.७२ प्रतिशत मतदान भएको छ भने दैलेख–२ मा सबैभन्दा कम १६. ८३ प्रतिशत मतदान भएको छ।

प्रदेशका सबै मतदानस्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *