सरस बेभरेजले साम्बाको उपचारको लागि १० लाख सहयोगको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाडौं । सरस बेभरेजद्वारा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान भण्डारीलाई १० लाख सहयोगको घोषणा

विश्वप्रसिद्ध ब्रान्ड रेड बुल नेपालमै उत्पादन गर्दै आएको सरस बेभरेजले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचार सहयोगस्वरूप १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

नेपाली खेलकुद तथा खेलाडीहरूको विकास र प्रोत्साहनका लागि संस्था सदैव प्रतिबद्ध रहेको सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले बताए । सोही प्रोत्साहन स्वरुप कम्पनीले उपचारार्थ खेलाडी साम्बालाई आर्थिक सहयोग गर्न लागेको सिलवालले जानकारी दिए ।

संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साम्बा केवल नेपालको गर्व मात्र नभई नेपाललाई विश्वसामु चिनाउने प्रेरणादायी व्यक्तित्व हुनुका साथै विश्वभरका धेरै खेलप्रेमी र खेलाडीहरूका लागि प्रेरणाको स्रोत हुन् ।’

साम्बाले नेपाली महिला फुटबलको आत्मा, ऊर्जा र संघर्षको प्रतिनिधित्व गर्दै आएकी विज्ञप्तिमा भनिएको छ । नेपाल मात्र होइन साम्बाले विश्वभरका धेरै खेलाडीहरुलाई प्रेरित गरेको बताउँदै कम्पनीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साम्बा पुनः मैदानमा फर्केर नेपाली फुटबलको स्पिरिटलाई अझ सशक्त बनाउने विश्वास पनि कम्पनीले व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *