काठमाण्डौँ । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्दैछ।
कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीलाई जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको कुल १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डले दिएको छ । जसमध्ये प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र ९४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो ।
आयोजना प्रभावितका लागि निष्काशन गरेको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयरमा उच्च प्रभावित क्षेत्र – ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं.७ र ८ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता शेयरमा मध्यम प्रभावित क्षेत्र – सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् भने २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयरमा न्यून प्रभावित क्षेत्र – रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
आईपीओमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि र स्थानीय बासिन्दाहरूले बढीमा ४७ हजार कित्ताका लागि तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बढीमा ९४ हजार कित्ताका लागि दिन सक्नेछन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्