|
२०८२ फाल्गुन ७
काठमाडौं । नेकपा एमालेले रेमिट्यान्स पठाउँने श्रमिकलाई वार्षिक ५ हजार रूपैयाँ बोनस दिने घोषणा गरेको छ ।
बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेको एमालेले वैदेशिक रोजगारीमा गएर देशमा विप्रेषण पठाइरहेका श्रमिकको सम्मानस्वरूप उनीहरूको बैङ्क खातामा वार्षिक ५ हजार थप गरिदिने उल्लेख गरेको हो ।
वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता हुने प्रबन्ध गर्ने पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्