सबै स्थानीय सरकारले काठमाडौँको फोहोर व्यवस्थापनको खर्च बेहोर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ७

काठमाण्डौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको आर्थिक र व्यवस्थापकीय भार अब सबै स्थानीय सरकारले ब्यहोर्ने भएका छन् ।

काठमाडौँ उपत्यका मेयर्स फोरमको १३औँ बैठकले फोहोर व्यवस्थापनमा आर्थिक तथा व्यवस्थापकीय साझेदारीकोको लागि सबै उपत्यकाका सबै स्थानीय सरकारले मिलेर काम गर्ने निर्णय गरेको छ । बैठकको निर्णयअनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा एकल रुपमा भार बोक्दै आएको काठमाडौँ महानगरपालिकालाई उपत्यकाका बाँकी १७ वटै नगरपालिकाले वित्तीय र व्यवस्थापकीय साझेदारी गर्नेछन् ।

अहिलेसम्म बञ्चरेडाँडा ल्यान्डफिल साइटमा भइरहेको फोहोर व्यवस्थापनको सम्पूर्ण खर्च काठमाडौँ महानगरले गर्दै आएको थियो । यो परिपाटी अन्त्य गर्दै बैठकले अब उत्पादन हुने फोहोरको मात्राका आधारमा सम्बन्धित स्थानीय सरकारले नै खर्च ब्यहोर्ने निर्णय गरेको हो ।

काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले फोहोरमैला ‘ट्रान्स बाउन्ड्री’ (सीमा वारपार) समस्या भएको बताइन् ।

मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले फोहर व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरको मात्र विषय नभएकाले सबैले सहकार्य गर्ने निर्णय गरिएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *