दोलखाको सानिमा हाइड्रोपावरमा माटो सफा गर्दा भीरबाट लडेर एक जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ६

काठमाण्डौँ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरको सानिमा हाइड्रोपावर आयोजना अन्तर्गत माटो सफा गर्ने क्रममा एक मजदुर भीरबाट लडेर गम्भीर घाइते भएका छन् ।

सानिमा हाइड्रोपावर आयोजनाको बुमिङ क्षेत्रमा ब्लास्टिङ गरिएको माटो सफा गर्ने क्रममा अन्दाजी २९ वर्षीय संजोग मगर करिब २० मिटर तल भीरबाट खसेका हुन् ।

बागलुङ घर भई हाल सानिमा हाइड्रोपावर कम्पनी अन्तर्गतको छिरिङ कन्स्ट्रक्सनमा कार्यरत मगर बुधबार कामकै सिलसिलामा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख मनोज कुमार लामाले जानकारी दिए ।

मगर काम गर्ने क्रममा अचानक चिप्लिएर भीरबाट लड्दा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घटनापछि उनलाई तत्काल उद्धार गरी गोंगर बेससम्म ल्याइएको थियो । त्यसपछि कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित केएमसी अस्पतालमा थप उपचारका लागि पठाइएको छ । हाल मगर अचेत अवस्थामा रहेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र स्थानीय प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *