मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन ५, २०८२

हुम्ला । सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २०.५ अंकले घटेर २६४२.१५ विन्दुमा अडिएको हो ।

यसदिन ३५४ स्क्रिप्सको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ रुपैयाँमा खरिदबिक्री भए ।

कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २१४ वटाको घट्यो । बाँकी ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो ।

आज २ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। रिडी पावर र आँखुखोलाको सेयर सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा रिदी पावर शीर्षस्थानमा रह्यो । सो कम्पनीको ५३ करोड ३६ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *