बिहीबार सुनचाँदीको भाउ कति ?

DaksuMedia दाक्सु मिडिया
|
माघ २९, २०८२

काठमाण्डौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सुन तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी तोलामा ५ हजार २९० रुपैयाँ मा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *