काठमाण्डौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर देखिएको छ । कारोबारको पहिलो समयमा बढेको नेप्से सूचक बन्द हुँदा स्थिर भएको हो ।
यो साता आइतबार १०.२४ अंक घटेको नेप्से सूचक सोमबार २६.०५ अंक घटेको थियो । त्यसैगरी मंगलबार १०.२५ अंक घटेको नेप्से बुधबार ०.०४ अंक घटेको हो । तर, बुधबार नेप्सेको कारोबार रकममा भने केही सुधार आएको छ ।
बुधबार कारोबार सुरु हुँदा २६६२.१४ अंकमा रहेको नेप्से ०।०४ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ । नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो ।
नेप्सेमा यस दिन १ सय ३३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।
बुधबार नेप्सेमा कारोबार भएका धेरै समूहगत परिसूचक घटेका छन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्