बंगलादेशकी तत्कालीन प्रधानमन्त्री हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर स्थानीय अदालतले गरेको छ ।

गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका निकायलाई निर्देशन दिएको ठहरसमेत अदालतले गरेको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) मा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाइँदैछ । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य छन् ।

तीन सदस्यीय इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *