काठमाण्डौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । दिउँसो २ ः ५३ बजे नेप्से आजको न्यूनतम अंक २५३३ सम्म झरेको थियो ।
७४ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो ।
बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
तीन समूहगत सूचक बढेका छन् । होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०।०२ र अन्य समूह ०.७२ प्रतिशत बढे ।
बैंकिङ ०।३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशत घटेका छन् ।
तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्