काठमाण्डौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ ।
कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोडको भयो ।
४९ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०।२३ प्रतिशत बढ्यो ।
त्यस्तै व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशत घट्यो । बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका भूगोल इनर्जीबाहेक अरु तीन कम्पनी हालै सूचीकृत भएका नयाँ हुन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्