|
२०८२ कार्तिक २५
काठमाण्डौँ । साहास ऊर्जाले आर्थिक वर्ष २०८१.८२ का लागि आकर्षक लाभांश घोषणा गरेको छ ।
आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल २२.११ प्रतिशत लाभांश वितरण गर्ने कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले
निर्णय गरेको छ। जसमा २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश छन् ।
गत वर्ष कात्तिक ४ गते बसेको कम्पनीको साधारणसभाले तत्काल कायम शेयरमा १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
अब गत आर्थिक वर्षको बोनस शेयर जारी पनि कायम हुने चुक्तापुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १०० प्रतिशत अर्थात ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँबराबरकै हकप्रद शेयर जारी गर्ने कम्पनीले निर्णय गरेको छ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्