माप्य दुधकोशी गाउँपालिकाको एकीकृत बस्तुगत विवरण प्रतिवेदन सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

सोलुखुम्बु — माप्य दुधकोशी गाउँपालिकाको एकीकृत बस्तुगत विवरण प्रतिवेदन तयार गरी सार्वजनिक गरिएको छ।

गाउँपालिकाको समग्र तथ्यांकगत जानकारी प्रस्तुत गरिएको उक्त अन्तिम प्रतिवेदन गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईलाई परामर्शदाता कम्पनी नेपाल संजालले हस्तान्तरण गरेको हो।

कम्पनीका अनुसार प्रतिवेदनमा गाउँपालिकाका ७ वटै वडाका घरधुरी सर्वेक्षण, संस्थागत विवरण, वडागत विकास र निर्माणसम्बन्धी विस्तृत विवरण समेटिएको छ। साथै, यस प्रतिवेदनको डिजिटल प्लेटफर्म पनि तयार पारिएको र प्रारम्भिक रूपमा गाउँपालिकाले आफ्नै आवश्यकताअनुसार प्रयोग गर्न सक्ने जनाएको छ।

निकट भविष्यमा उक्त डिजिटल वेबपेज सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले यो अध्ययनले गाउँपालिकाको वास्तविक अवस्थाको पहिचान गर्न मद्दत पुर्‍याउने उल्लेख गर्दै विकास, निर्माण र अन्य योजना सञ्चालनमा यो प्रतिवेदन महत्वपूर्ण मार्गदर्शन हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *