काठमाण्डौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो ।
वित्तीय प्रणालीको घट्दो ब्याजदर सँगै अधिक तरलताले धितोपत्र बजारमा लगानी बढेको देखिन्छ । फागुनमा तोकिएको निर्वाचन हुने नहुने द्विविधाका कारण लगानी बढाउन नसकेका लगानीकर्ताले प्रधनमन्त्रीले चुनावका लागि राजनीतिक परामर्श बढाएसँगै सकारात्मक देखिएका छन् ।
ब्याजदर न्यून भएको अवस्थामा समेत कर्जाको माग बढ्न नसकेको अवस्था छ । वित्तीय प्रणालीको पछिल्लो अवस्थालाई सेयर लगानीकर्ता धितोपत्र बजारमा लगानी बढाउन अवसरको रुपमा प्रयोग गर्न थालेपछि त्यसको सकारात्मक असर नेप्सेमा देखिएको हो ।
आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से कारोबार बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरुहुँदा २६००.३८ अंकमा रहेको नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुगेको छ नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ४.४१ अंकले बढेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका अधिकांश समहुगत सूचक बढेका छन् । व्यापार बहेक सबै समूहगत सूचक सकारात्मक रहे । समग्र नेप्से सूचक १.१८ प्रतिशतले बढेको हो ।
आइतबार नेप्सेमा २ सय ५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्