बुधबार सेयर बजारमा बढ्यो कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १२

काठमाण्डौँ । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ । सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ।

कारोबारका क्रममा दिउँसो ११ : ४६ बजे र १२ : २१ बजे नेप्सेले २६ सय अंक पार गरे पनि टिक्न सकेन । आज परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भयो ।

८५ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशत बढेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *