अनावश्यक धर्ना–प्रदर्शन नगर्न सरकारको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ८

काठमाण्डौँ । गृह मन्त्रालयले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठित वर्तमान सरकार फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनकेन्द्रित वातावरण निर्माण हुँदै गरेको स्थितिमा हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, श्रोत–साधनको व्यवस्थापन र राजनीतिक दलहरूसँग वार्ता गरिरहेको विषय सबैमा अवगतै रहेको उल्लेख गरिएको छ।

मन्त्रालयले माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकारहरू कुण्ठित हुन नदिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *