सोलुखुम्बुको माप्यबाट महाकुलुङतर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना, ३ जनाको मृत्यु, ६ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ७

सोलुखुम्बु । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष सगुजित राइले बताए ।

दुर्घटनामा ६ जना घाइते भएको वडा अध्यक्ष राईको भनाइ छ। खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ । चालकसहित ६ जना घाइते भएका छन् ।

रातिको घटना भएकाले पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *