बिहीबार सेयर बजार २५ सय मुनी झर्‍यो अब ?

DaksuMedia दाक्सु मिडिया
|
अशोज ३१, २०८२

काठमाडौं, असोज ३० — बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७ अंकमा झरेको छ, जसले यो सूचक गत वर्षको असोज १३ यताकै न्यून बिन्दुमा पुर्‍याएको छ। केही दिनदेखि बजार निरन्तर ओरालो लागिरहेकै अवस्थामा आज पनि गिरावट जारी रह्यो।

आजको दिन ४५ वटा कम्पनीको सेयर मूल्य बढेको भए पनि १९७ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा थोरै बढेको देखिन्छ। अघिल्लो दिन ३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ।

समूहगत सूचकमा मिश्रित स्थिति

आज बैंकिङ समूहमा ०.०२ प्रतिशतको सामान्य वृद्धि देखिए पनि अन्य सबै समूहगत सूचक घटेका छन्।
विशेष रूपमा घट्ने सूचकहरू यसप्रकार छन्:

  • विकास बैंक: १.१५%
  • फाइनान्स: १.२८%
  • हाइड्रोपावर: १.०३%
  • लगानी: ०.४९%
  • जीवन बीमा: ०.८९%
  • उत्पादन तथा प्रशोधन: ०.७३%
  • माइक्रोफाइनान्स: ०.७३%
  • निर्जीवन बीमा: ०.५३%
  • अन्य: २.२१%
  • व्यापार: ०.३९%

सबैभन्दा धेरै बढ्ने र घट्ने कम्पनीहरू

सबैभन्दा धेरै वृद्धि हिमालयन पावर पार्टनरको सेयर मूल्यमा भएको छ, जसको मूल्य ९.९३ प्रतिशतले उकालो लागेको हो। त्यसपछि कालिका लघुवित्त ५.६९%, इनिफिनिटी लघुवित्त ३.८९% र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स ३.७९% ले बढेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *