आज सुनको मूल्य तोलामा २ लाख ५० हजार, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघका अनुसार बिहीबार १० ग्राम सुनकै २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ ।

यसअघि बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँ बढेर कीर्तिमानी बिन्दु छोएको हो ।

यस्तै चाँदीको मूल्य समेत बढेको छ। बुधवार तोलामा ३ हजार २ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *