ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शनिबार (असोज २५ गते) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि विरतण हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *