सप्तकोशीमा पानीको बहाव झन्‌झन् बढ्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

काठमाण्डौँ । देशभरि निरन्तर वर्षाका कारण विभिन्न स्थानमा क्षति भएको छ । हालसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । जसमा सबैभन्दा बढी मृत्यु कोशी प्रदेशका जिल्लामा भएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार, आइतबार साँझ ४ बजेसम्ममा सप्तरी–सुनसरी सिमानामा रहेको कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ ।

खतराको तह नाघेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको उनले जानकारी दिएका छन् । पानीको स्तर बढेसँगै त्यहाँ अत्यधिक जाम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *