|
२०८२ आश्विन ११
काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि २,५०० ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ।
उक्त सामग्री च्यानलाइजेसनमार्फत दुर्घटना र जाम न्यूनीकरण गर्न प्रयोग हुँदैछ। कोनहरू ठूला, भारी र राति देखिने खालका छन्, जसले अनुशासनहीन सवारी प्रवृत्तिमा रोक लगाउने अपेक्षा गरिएको छ।
यी उपकरणहरू हाल सिंहदरबार, भद्रकाली, माइतीघर क्षेत्रलगायतका सडकमा प्रयोगमा ल्याइएको छ। महानगर, ट्राफिक प्रहरी र सरोकारवालाबीचको सहकार्यमा यो कार्य अघि बढाइएको हो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्