|
२०८२ आश्विन ११
काठमाडौं – दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आफूलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक बनाएको छ।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कार्यवहाक अध्यक्ष बन्ने प्रस्ताव राखे पनि अस्वीकृत भएको छ। विशेष महाधिवेशन मंसिरको अन्तिम साता हुने तय भएको छ।
प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन, परिवारवाद हटाउने, युवालाई २५% प्रतिनिधित्व दिने, जेनजी समावेश गर्ने र आईटी दक्षतालाई प्राथमिकता दिने घोषणा गरेका छन्।
असहमति भएकाहरूसँग समेत छलफल गर्दै सहमति खोज्ने प्रतिबद्धता प्रचण्डले जनाएका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्