|
२०८२ आश्विन ८
काठमाडौं । अर्थमन्त्री तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेकाले प्रदेश प्रणाली खारेज गर्ने कुनै सोच सरकारको नरहेको बताए ।
एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु १००० र रु ५०० का नोटहरू प्रतिबन्ध लगाउनेबारे सरकारभित्र कुनै छलफल नभएको जानकारी समेत दिए ।
भारत सरकारले लागू गरेको एकीकृत कर ‘गुड्स एन्ड सर्भिस ट्याक्स (GST)’ घटाएको विषयमा नेपाल सरकारले अध्ययन गरिरहेको उनले बताए । उद्योग, व्यवसाय तथा औद्योगिक प्रतिष्ठानमा नकारात्मक असर पर्ने अवस्था देखिएमा सुधारात्मक कदम चालिने उनले जनाए ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्