काठमाडौं छाड्नेको भीड: २४ घण्टामा ४३ हजार बाहिरिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ६

काठमाडौं । दशैं नजिकिँदै जाँदा काठमाडौं छाड्ने यात्रुको संख्या तीव्र रूपमा बढेको छ। आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म ४३ हजार यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ। यसै अवधिमा २८ हजार यात्रु उपत्यकाभित्रिएका छन्।

दशैंको घटस्थापनादेखि यात्रुको चाप अझै बढ्ने अनुमान गरिएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड खुलेपछि यातायात विस्तारै सहज हुँदै गएको ट्राफिक प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *