कामना सेवा विकास बैंकले १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको छ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

काठमाडौ । कामना सेवा विकास बैंकले २०८१/८२ को आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेको छ। यसमा १० प्रतिशत सेयर र ५.७८९५ प्रतिशत नगद (करसहित) लाभाशं समावेश छ। यो लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभावाट पारित भएपछि सेयरधनीहरूले प्राप्त गर्नेछन्।

यसको साथमा, कामना सेवा विकास बैंकले लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक बनेको छ। गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Micah446

    September 8, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *