इजरायली सेनाले गाजाका अग्ला भवनहरू र टावरहरूमा निसाना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

काठमाडौं । इजरायली सेनाले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई निशाना बनाउन थालेको छ । बीबीसीका अनुसार, इजरायलले गाजा सिटीका ठूला टावरहरूलाई निसाना बनाएको यो दोस्रो दिन हो ।

इजरायलका रक्षामन्त्री कात्जले भवन ढलेको भिडियो एक्समा शेयर गरेका छन्। इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले हमासले सुसी टावरको प्रयोग गरिरहेको आरोप लगाएको छ। यद्यपि हमासले यस दाबीलाई अस्वीकार गरेको छ।

यस आक्रमणमा कुनै जनधन क्षति भयो कि भएन भन्ने स्पष्ट छैन। शनिबारको आक्रमणअघि इजरायलले पर्चा वितरण गरेको थियो जसमा प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ मानवीय क्षेत्रभित्र जान अपिल गरिएको थियो।

सुसी टावर हालका केही दिनमा ध्वस्त भएका भवनमध्ये दोस्रो उच्च भवन हो। शुक्रबार सामाजिक संजालमा एक भिडियो शेयर गरिएको थियो, जसमा शहरको अल(रिमाल क्षेत्रमा रहेको मुश्तहा टावर ठूलो धमाकापछि ढलेको देखाइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *