एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई बुटवल हस्पिटलमा विशेष छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

काठमाडौँ । एनएमबि बैंक लिमिटेड र बुटवलस्थित बुटवल हस्पिटल प्रा।लि।बीच एक सहमति अनुसार बैंकका कर्मचारी, उनीहरूका परिवार सदस्यहरू र ग्राहकहरूले हस्पिटलका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।

दुवै संस्थाबीच हालै सम्पन्न सम्झौतामा एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटलका अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरूले बुटवल हस्पिटलबाट प्रदान गरिने बेड चार्ज, ल्याब टेस्ट, अप्रेसन शुल्क, युएसजी, एक्स(रे, इको, ईसीजी, फिजियोथेरापी तथा औषधि खरिदमा ५५ देखि १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्न ग्राहकहरूले एनएमबि बैंकको खाताबाट एटिएम कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, कर्पोरेट पे वा आइपिस ९क्ष्एक्० जस्ता डिजिटल माध्यम प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

बैंकले यो सहमतिले बैंकका ग्राहक र कर्मचारीहरूलाई उपचारको क्रममा आर्थिक राहत मिल्ने विश्वास व्यक्त गरेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *