प्रभु बैंक र ल्यान्डमार्क होटेलबीच विशेष छुट सम्बन्धी सम्झौता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९


काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भदौ १८ गते सम्पन्न उक्त कार्यक्रममार्फत प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरी एकअर्कालाई सम्झौतापत्र हस्तान्तरण गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ल्यान्डमार्क होटेल तथा रिसोर्टका विभिन्न शाखाहरू — चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवा — मा सेवा तथा सुविधा लिँदा विशेष छुट प्राप्त गर्ने छन्। यस छुटको लाभ लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यममार्फत भुक्तानी गर्नु पर्नेछ।

होटलको आवास सेवामा विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १०% देखि १५% सम्मको छुट प्रदान गरिनेछ।

नेपालभर ३१२ शाखा, २५६ एटीएम र ४८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको प्रभु बैंक “बैंक अफ द इयर २०२३” को उपाधिसहित अग्रणी बैंकको रूपमा परिचित छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले हालै “फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड २०२४” अवार्ड तथा “नेपाल बेस्ट डिजिटल बैंक फर SME – युरोमनी एक्सिलेन्स अवार्ड २०२५” जस्ता अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *