|
२०८२ श्रावण १५
काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला १ हजार ४ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ८ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ७० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला २ हजार ३ सय १० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्