जेठ १५ मा प्रतिगामी सपना पूरा नहुने राजावादीलाई प्रधानमन्त्रीको जवाफ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ बैशाख २८

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

उनले बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीलाई आग्रह पनि गरेका छन् । प्रधानमन्त्री ओलीले जेठ १५ गते कुनै पनि प्रतिगामी सपना पूरा नहुने जवाफ दिएका हुन् ।

संविधानअनुसार अघि बढ्न प्रधानमन्त्री ओलीले सुझाव समेत दिएका छन् । राजावादीहरूले आगामी जेठ १५ गते आन्दोलनको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *