कर्मचारी निधनको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी पाँच दिन बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २

गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मी आज एक दिन पूर्णरुपमा बन्द हुने भएको छ । दुर्घटनामा परी कर्मचारीको मृत्यु भएको शोकमा आज कार्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिए।

यस्तै अत्यावश्यकबाहेकका सेवा भने ५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

बुधवार गुल्मीबाट नयाँ वर्ष मनाउन स्वर्गद्वारी जाने क्रममा लु१ज १६५५ नम्बरको प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना हुँदा मुसिकोट नगरपालिका–३ का चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङ्जा निवासी ३८ वर्षका श्याम न्यौपाने र खरिदार मालिका गाउँपालिका–७ निवासी ३५ वर्षका यमलाल पन्थीको मृत्यु भएको थियो ।

जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरा हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको हो । सामान्य घाइते ५ जना उपचारपछि घर फर्किएका छन् ।

मृतक ५ जनामध्ये स्याङ्जा निवासी श्याम न्यौपानेको शव आफन्तले बुझेका छन् । अन्य ५ को शव श्रद्धाञ्जलीका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा राखेर आफन्तलाई बुझाइने सूचना अधिकारी पन्थीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *