आजको मौसम कस्तो छ?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ ११

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ ।

यसैगरी दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। भने, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै, राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। यता, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *