नयाँ सरकार कुन धाराबमोजिम भन्ने चिन्ता राष्ट्रपतिको हो प्रधानमन्त्रीको होइन : सांसद पन्त

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २३

काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग नैतिकताका आधारमा राजीनामा मागेका छन्। प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन्।

‘लोकतन्त्रको सौन्दर्य त्यसको नैतिक पक्ष पनि हुन्छ। संवैधानिक कुरा पनि हुन्छ, तर नैतिक कुरा संविधानमा लेखिएको हुँदैन,’ सांसद पन्तले भने, ‘अहिलेको नैतिक पक्ष के हो भन्दा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुहोस्।’

नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार कि (३) अनुसार भन्ने चिन्ता गर्ने विषय पनि प्रधानमन्त्रीको नरहेको सांसद पन्तले बताए। ‘अहिले आएर अल्पमतमा परिसकेपछि दुईमा जान्छ कि तीनमा जान्छ ! त्यो राष्ट्रपतिज्युको चिन्ताको विषय हो। उहाँको काम भनेको बहुमत नभएपछि तत्काल राजीनामा दिएर बाटो फुकाउने हो,’ उनले भने।

यद्यपि प्रधानमन्त्रीलाई संविधानले समय दिएको उनले स्वीकार गरे। उनले भने, ‘विश्वासको मत लिन्छु भन्ने अधिकार दिएको छ। अहिलेको नैतिक पक्ष त्यो होइन। अत्याधिक रूपमा बहुमत गुमाइसकेपछि राजीनामा दिनु उपयुक्त हुन्छ। लोकतन्त्र संविधान र कानुनले मात्र चल्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *