रास्वपाको शब्दकोशमा नैतिकता भन्ने छैन : विश्वप्रकाश शर्मा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ७

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमा नैतिकताको खडेरी परेको आरोप लगाएका छन्।

बिहीबार काठमाडौँमा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले आफूविरुद्ध संसदीय विशेष छानबिन समिति बन्दासमेत लामिछानेमा पदबाट राजीनामा नदिएको टिप्पणी गरेका हुन्।

‘संसदीय छानबिन समिति बन्यो, कुनै बेला समिति बन्दै गर्दा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत, जनार्दन शर्माले राजीनामा दिनुभयो’, शर्माले भने, ‘अहिले पनि समिति बनेको छ तर गृहमन्त्री (लामिछाने) ले राजीनामा दिनुभएन।’

तर पनि कांग्रेसले उनको राजीनामा नमागेको उनले बताए। महामन्त्री शर्माले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै नैतिकतामा प्रश्न उठाए।

‘हामी जान्दछौँ नयाँ दलको डिक्सनरी (शब्दकोश) मा प्रश्न र आवेग छ, केही गरौँला भन्ने ऊर्जा पनि छ’, उनले भने, ‘तर आवेग र आक्रोश भएजस्तै नैतिकता छ कि छैन?’यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *